समाचार
दलहरुले निर्मम समीक्षा गर्नुपर्छः उपसभापति खड्का
०

कर्णाली, असोज ९-
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको सङ्कटका विषयमा दलहरुले निर्मम समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरुलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।” चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























