समाचार
नक्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ पक्राउ
०

काठमाडौं, असोज ८-
जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।
प्रहरीको विशेष टोलीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई नक्खु कारागारमा पठाइएको छ ।
सहकारी ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गतको मुद्दामा उनी नक्खु कारागारमा थिए । पुर्पक्षका लागि थुनामा राखिएका उनी भदौ २४ गतेको आन्दोलनको मौका छोपी भागेका थिए । उनको स्थायी घर बाँकेको खजुरा गाउँपालिका–६ हो । तर, उनी पछिल्लो समय काठमाडौं महानगरपालिका–४, सुकेधारा बस्दै आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























