अन्तर्राष्ट्रिय

अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए

Banner

अमेरिका, असोज २

अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ। गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते भएको बीबीसीले जनाएको छ।

पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि मारिएको बताएका छन्। गोलीकाण्डका कारण नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् भने विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>