Breaking News

आफैँले गठन गरेको नाउपा रेशम चौधरीले छाडे, घोषणा गरे नयाँ पार्टी

Banner

काठमाडौं,भदौ २९-

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । त्यासँगै नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन् । ‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् ।

नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए । ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन’, उनले भनेका छन् ‘मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’ संसद्मा राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने उनले स्पष्ट पारेका छन् । नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने बताए ।

‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, उनले भनेका छन्, तर व्यक्तिगत अहङ्कार र स्वइच्छालाई मैले जित्न सकिन ।, नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद दिँदै नागरिक उन्मुक्ति पार्टी नेपालमा स्वागतको आह्वान समेत उनले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>