समाचार

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्कियो, दुई युवाको मृत्यु

Banner

काठमाडौं, भदौ १३-

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गएको छ। शुक्रबार बिहान आकाशे पुल नजिकै सडकछेउमा पार्क गरिएको बा प्र ०१-००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ का २२ वर्षीय शिरिस पौडेल र पछाडि सवार काभ्रे पाँचखाल-२ का २३ वर्षीय नितेश नेपाल रहेका छन्। बस चालक दोलखा भिमेश्वर-७ का २५ वर्षीय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>