अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रमा भवन भत्किँदा १५ जनाको मृत्यु

Banner

नयाँ दिल्ली, भदौ १२-

भारतको महाराष्ट्रको पालघर जिल्लाको विरार क्षेत्रमा भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार भग्नावशेषबाट थप तीन शव निकालिएको छ। बुधबार राति करिब १२ बजेतिर विजय नगर क्षेत्रमा रहेको करिब यो चार तल्ले भवन ढलेको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट अचानक भत्किएका थिए। बालिकाको जन्म दिन मनाउन आएका पाहुना र त्यहाँका धेरै मानिसहरू भग्नावशेषमुनि फसेका थिए।

पालघर जिल्लाका कलेक्टर डा।इन्दु रानी जाखरले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>