समाचार

थाक्रेको पहिरो पन्छ्याएपछि काठमाडौं-मुग्लिन सडक खुल्यो, बीपी राजमार्ग अझै अवरुद्ध

Banner

काठमाडौं,भदौ १२-

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरोले अवरुद्ध काठमाडौं-मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर बिहान साढे ७ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार अहिले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भैरहेको छ । यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानीखोलामा रोकिएका थिए ।

यता, काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग भने अवरुद्ध छ । रोशी गाउँपालिका–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>