अर्थ
एकै दिन १६ सयले घट्यो सुनको मूल्य
०

काठमाडौँ, भदौ ४-
नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार (भदौ ३ गते) सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























