देश/प्रदेश
वडा अध्यक्ष साहको निधन
०

राजविराज(सप्तरी),भदौः४ –
राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताउनुभयो ।
जनता समाजवादी पार्टीबाट निर्वाचित उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























