देश/प्रदेश
हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा
०

बागमती, भदौ ३ –
हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक आज विहानबाट सञ्चालनमा आएको छ ।
सो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुख्खा पहिरो पन्छाएपछि आज विहान ९ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । सडकमा माथिबाट पहिरो खस्दा गत शनिवार विहानदेखि सडक अबरुद्ध भएको थियो ।
अबरुद्ध सडकबाट पहिरो हटाउन पछिल्लो दुई दिनदेखिको निरन्तरको प्रयास पश्चयात् सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सडक सञ्चालन भएसँगै हेटौँडा–काठमाडौँ आवतजावतमा सहजता भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























