देश/प्रदेश
त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता
०

गाईघाट (उदयपुर), भदौ ३ –
यहाँको चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए । दिनको ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन् ।
बेपत्ता राईको खोजी गए रातिसम्म जारी रहेको र आज बिहानदेखि पुनः सुरु गरिएको सूचना अधिकारी दोङले बताउनुभयो । बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























