देश/प्रदेश

पर्साका बालसुधार गृहका किशोरलाई आय आर्जन बढाउन तालिम

Banner

वीरगञ्ज (पर्सा), भदौ २ –

बालबिज्याँई गरेर पर्साको बालसुधारगृहमा रहेका किशोरहरुलाई एक हप्ताको मैनबत्ती दिने तालिम दिएर उद्यमशीलतातर्फ अघि बढाइएको छ । पहिलो चरणमा यहाँका बालसुधार गृहमा रहेका १५ जना किशोरलाई मैनबत्ती बनाउने तालिम दिएर उद्यमशीलतातर्फ बढाउने काम गरिएको हो ।

बालसुधार गृहमा बस्दै आएका एक किशोरले तालिमले आफूहरुलाई थोरै भए पनि आम्दानीको बाटो खोज्न मद्दत पुगेको बताउनुभयो ।‘‘यहाँ दिनभर खाली भएर बस्नुपर्ने हुन्थ्यो,’’ ती किशोरले भन्नुभयो,‘‘एक सातामा हामीले मैनबत्ती बनाउने सीप सिक्ने मौका पायाँैं । यसले कम्तीमा पनि केही गरेर खाने सीपको विकास भएको छ ।’’

मैनबत्ती तालिमका प्रशिक्षक विपन उपाध्यायले बालसुधार गृहमा रहेका किशोरहरुले मैनबत्ती बनाउने कार्यमा निकै कुशलतापूर्वक सीप सिकेको बताउनुभयो ।‘‘हामीले सोचेको भन्दा धेरै राम्रो ढङ्गले बालसुधार गृहका किशोरहरुले मैनबत्ती बनाउनुभएको छ,’’ उहाँले भन्नुभयो,‘‘यस्ता खालका सीपले बालसुधारगृहभित्र वा बाहिर रहँदा पनि आम्दानीको स्रोत बढाउन मद्दत पु¥याउनेछ ।’’ यहाँका किशोरहरुले विभिन्न थरिका मैनबत्ती तयार पार्नुभएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीपमूलुक तालिमले बालसुधारगृहमा बसोबास गर्दै आइरहेका किशोरहरुलाई उद्यमशीलतातर्फ लम्किन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।‘‘बालसुधारगृहमा रहँदा नैराशयता भएर बस्ने होइन् । केही न केही रचनात्मक कार्य गरेर बस्न जरुरी हुन्छ,’’ उहाँले भन्नुभयो,‘‘मैनबत्तीको उज्यालो जस्तै तपाईहरुको जीवनमासमेत उज्यालो छिट्टै आउनेछ । त्यसैले उज्जवल भविष्यको आशा लिएर अघि बढ्नका लागि अनुरोध गर्दछौंँ ।’’ सानो पाइला र जिल्ला बाल न्यायिक समितिको संयोजनमा किशोरहरुको लागि मैनबत्ती बनाउने तालिम दिइएको थियो ।

जिल्ला बाल न्यायिक समितिका सदस्य सुष्मा शर्माले सानो पाइला संस्थामार्फत बालसुधारगृहमा रहेका बालबालिकामार्फत व्यावसायिक ढङ्गले मैनबत्ती बनाउने कार्य अघि बढाइने बताउनुभयो ।‘‘मैनबत्तीको लागि आवश्यक पर्ने सम्पूर्ण कच्चापदार्थ र बजारीकरणको काम सानो पाइला संस्थामार्फत अघि बढाउनेछौँ ।’’ उहाँले भन्नुभयो,‘‘मैनबत्ती उत्पादनबाट हुने ४० प्रतिशत आम्दानी बालसुधारगृहका किशोरलाई र ६० प्रतिशत संस्थालाई जाने गरी उद्यमशीलताको विकास गर्न खोजेका छौँं ।’’सो तालिमको प्राविधिक सहयोग क्वेष्ट फर्मासिटिक्लसको सहयोग रहेको थियो । बालसुधारगृह पर्साका निमित्त प्रमुख कृष्णप्रसाद साहले बालसुधार गृहमा अहिले एक सय ३७ जना किशोर रहेको जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>