देश/प्रदेश
१० महिने छोरीसहित आमा सामुदायिक वनमा मृत फेला
०

कैलाली, भदौ १-
कैलालीमा १० महिनाकी छोरीसहित एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् ।
साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ । तर, विस्तृत घटना अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको प्रष्टोक्ति छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























