देश/प्रदेश
जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी
०

काठमाडौं, भदौ १-
जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेकी छिन् । रोल्पाको परिवर्तन गाउँपालिका-२ राङसीकी ७४ वर्षीया नर्मला वलीको जंगली च्याउ खाँदा मृत्यु भएको हो । उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ ।
२७ गतेजंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए । स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























