देश/प्रदेश
कम्तीमा एक घण्टा अगाडि विदेश जाने यात्रु अध्यागमनमा पुगिसक्नुपर्ने
०

काठमाडौं, भदौ १-
विदेश जाने यात्रुहरु अब कम्तीमा एक घण्टा अगाडि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा पुग्नुपर्ने भएको छ ।
अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घण्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
‘विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा यो समस्या रहेछ’, उनले भने । ‘ अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । त्यसपछि यो निर्णय लिइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























