अन्तर्राष्ट्रिय

विषाक्त मदिराः दुई नेपालीसहित ६७ जना पक्राउ

Banner

काठमाडौँ, भदौ १-

कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा ६७ जना पक्राउ गरेको छ । कुवेतको गृह मन्त्रालयका अनुसार विषाक्त मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा दुई नेपालीसहित ६७ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई हिजो (शनिबार) पक्राउ गरिएको हो । पक्राउ पर्ने नेपालीमा भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् । पक्राउ परेका अन्यमा भारतीय र बंगलादेशी नागरिक रहेका छन् ।

कुवेतमा गतसाता विषाक्त मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको छ । जसमध्ये १६ जना नेपाली रहेका छन् । विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जना बढी स्थानीय अस्पतालमा उपचाररत रहेका छन् । जसमध्ये ३६ जना नेपाली रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>