देश/प्रदेश
जंगली जानवरबाट धान जोगाउन लगाइएको करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु
०

जनकपुरधाम, भदौ १-
खेतमा लगाएको तारबारमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार करेन्ट लागेर मृत्यु भएका हो।
ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार हिजो (शनिबार) बिहान ८ बजे खेतबाट फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन लगाइएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























