देश/प्रदेश

वकिललाई कारबाही गर्न माग गर्दै पत्रकार आन्दोलित

Banner

जनकपुरधाम, भदौ १-

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा बिहान ११ बजेदेखि धर्नाको कार्यक्रम रहेको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आजदेखि आन्दोलनको कार्यक्रम रहेको प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले जानकारी दिए । धर्ना कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष पुरण गुप्ताले सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>