देश/प्रदेश
फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु
०

ताप्लेजुङ, साउन ३०-
ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उनकी आमा शान्ता लिम्बू भने सामान्य घाइते भएकी छिन् ।
फुरुम्बूबाट माइतिघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमाछोरी खोलामा खसेका प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























