देश/प्रदेश
दुई इन्स्पेक्टरसहित १५८ जना कारबाहीमा
०

काठमाडौ, साउन ३०-
जिल्ला प्रहरी परिसर काठमाडौं मातहत खटिएका १५८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । पछिल्लो ६ महिनामा काठमाडौं मातहत खटिएका १५८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले परिसरको कमान्ड सम्हालेपछि उनीहरूमाथि कारबाही गरिएको हो ।
प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै उनीहरू कारबाहीमा परेका हुन् । यसरी कारबाहीमा पर्नेहरूमा दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) पनि छन् ।
बुधबार एसएसपी अधिकारीले पत्रकार सम्मेलनमार्फत कारबाहीमा परेका प्रहरी कर्मचारीको संख्या सार्वजनिक गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























