देश/प्रदेश
डोजर चलेपछि सुकुम्बासीले गरे प्रहरीमाथि ढुंगामुढा प्रहार
०

काठमाडौं, साउन ३०-
सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।
महानगरको नगर प्रहरीको टोली सुकुम्बासी बस्तीमा बनेको नयाँ घर टहरा हटाउन डोजर लिए पुगेका थिए । सोही क्रममा सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहोल बनेको छ ।
गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























