अन्तर्राष्ट्रिय

विशाक्त मदिरा सेवन गर्दा कुवेतमा ६ नेपालीसहित १३ जनाको मृत्यु

Banner

काठमाडौं, साउन ३०-

कुवेतमा मदिरा सेवन गर्दा ६ नेपालीको मृत्यु भएको छ । विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको हो । कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयले यसबारे नेपाली दूतावासलाई जानकारी दिइसकेको थियो ।

विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा गत शनिबारदेखि उपचार भइरहेको छ । तीमध्ये १३ जनाको मृत्यु भएको छ जसमा ६ जना नेपाली रहेको पुष्टि भइसकेको दूतावास स्रोतले बतायो । यस्तै विशाक्त मदिरा सेवन गरेर अशक्त बनेका ३५ जना नेपालीको स्थानीय ६ वटा अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>