देश/प्रदेश
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु
०

राजविराज (सप्तरी), साउन २८ –
सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको ज्यान गएको छ ।
स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























