देश/प्रदेश

प¥र्यो पानी, रमाए किसान

Banner

वीरगञ्ज (पर्सा), साउन २८ –

पर्सामा सुक्खाग्रस्त भएर सङ्कट भोगिरहेका कृषकले मङ्गलबारदेखि परेको बर्सातले राहतको महसुस गरेका छन् ।

लामो समयदेखि खडेरीले धाँजा फाटेका खेतहरुमा पनि पानी सङ्कलन हुन थालेका छन् । वीरगञ्ज महानगर–२६ का कृषक रामजीवन साहले अकाशेपानी पर्न थालेसँगै धानको रोपो पनि हरियाली हुन थालेको बताउनुभयो ।

“पर्साको बजार क्षेत्रमा यसअघि खासै ठूलो पानी पर्न सकिरहेको थिएन्”, उहाँले भन्नुभयो, “मङ्गलबार दिउँसो बुधबार बिहान पानी परेसँगै कृषकलाई थोरै हदसम्म भए पनि राहतको महसुस गरेका छन् ।” उहाँले अकाशेपानी पर्न थालेसँगै धाँजा फाटेका रोपोमा पनि विस्तारै हरियाली हुन थालेको बताउनुभयो ।

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मङ्गलबार बिहान ८ः४५ बजेदेखि बुधबार बिहान ८ः४५ बजेसम्म वीरगञ्ज बजार क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको जानकारी दिनुभयो । “हिजो र आज बिहान वीरगञ्जको बजार क्षेत्रमा मध्यम खालको वर्षा भएको छ”, उहाँले भन्नुभयो, “बजार क्षेत्रमा जस्तो ग्रामीण क्षेत्रमा भने त्यति धेरै पानी परेको छैन ।” उहाँले मधेश प्रदेशका अझै तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेको बताउनुभयो । यद्यपि बारामा नौ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>