देश/प्रदेश

निर्माणाधीन घरको सेप्टिक ट्यांकीमा ठेकेदार र कामदार मृत फेला

Banner

काठमाडौँ, साउन २८-

सुनसरी निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जना मृत भेटिएका छन् । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र जना मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी योगराज खतिवडाले सोही नगरपालिकाका वडा नम्बर २ बस्ने ५० वर्षीया श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत भेटिएको जानकारी दिएका छन् । हिजो (मंगलबार)बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा टोली घटनास्थल गएको उनले बताए।

तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>