देश/प्रदेश
रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु
०
जलेश्वर, साउन २६ –
महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०-३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताउनुभयो ।
बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उहाँको मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























