देश/प्रदेश

अमेरिका पुगेका प्रधानले पत्नी र छोरापछि आफैँलाई पनि हाने गोली

Banner

अमेरिका, साउन २६-

अमेरिकामा एक नेपालीले पत्नी र छोरालाई मारेर पछि आफैँलाई गोली हानेका छन्। नेपालबाट अमेरिका गएका भुटानी शरणार्थी ५३ वर्षीय ललित प्रधानले आफ्ना श्रीमती ३७ वर्षीया रजनी श्रेष्ठ प्रधान र छोरा ३ वर्षीय प्रनिशलाई गोली हानी मारेका हुन्।

फक्स फोर न्युजका अनुसार घटना १९०० ब्लक अफ डडली स्ट्रिटमा शनिबार बिहान भएको हो। प्रहरी घटनास्थल पुग्दा रजनी र प्रनिश मृत अवस्थामा फेला परेका थिए भने गम्भीर घाइते ललितलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरु सन् २००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत अमेरिकी राज्य टेक्ससको ड्यालस गएका हुन् । ललित लामो समय नेपालका विभिन्न भुटानी शरणार्थी शिविरमा बसेर डेढ दशकअघि आईओएम र अमेरिकी सरकारको कार्यक्रमअन्तर्गत अमेरिका गएका थिए। अमेरिका जानुअघि भने उनको परिवार मोरङको पथरी शिविरमा बस्थ्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>