अन्तर्राष्ट्रिय

कोरियन भाषा परीक्षाका लागि आजबाट आवेदन दिन सकिने

Banner

काठमाडौँ, साउन २६-

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन पाइने भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिने म्याद तोकिएको छ।

यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ। यो संख्यामा केही थप घट हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>