देश/प्रदेश
२ लाख नपुग्दै घट्यो सुनको मूल्य
०

काठमाडौँ, साउन २६-
नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एकसय रुपैयाँ घटेको हो ।
यो सँगै आज सुनको प्रतितोलाएक लाख ९८ हजार एकसय रुपैयाँमा कारोवर भएको छ । आइतबार सुनको मूल्य प्रतितोला एकलाख ९९ हजार दुईसय रुपैयाँ थियो। हिजो पनि सुन तोलामा दुईसय रुपैयाँ घटेको थियो।
गएको शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























