देश/प्रदेश

बोलेरो दुर्घटना हुँदा २१ जना घाइते, ४ जना गम्भीर

Banner

धनकुटा, साउन २५-

धनकुटामा बोलेरो दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। धनकुटा नगरपालिका-८ टेकुनालास्थित भित्री ग्राभेल सडक खण्डमा बोलेरो पिकअप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटा अनुसार दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । रेफर गरिएका घाइतेहरूमा धनकुटा नगरपालिका-८ की ४५ वर्षीया रेनुका राई, धनकुटा नगरपालिका-७ का ३८ वर्षीय जितबहादुर राई, धनकुटा नगरपालिका-८ का ९० वर्षीय हर्कलाल राई र धनकुटा नगरपालिका-७ का ६२ वर्षीय गुणराज श्रेष्ठ रहेका छन्।

बाँकी १७ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। पिकअप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको छन् । आज (आइतबार) बिहान करिब १०ः३५ बजे टेकुनालाबाट धनकुटातर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>