देश/प्रदेश
सोमबारको अवसरमा भोलि भालेश्वरमा महाआरती
०

काठमाडौँ, साउन २५
चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा महाआरती कार्यक्रम आयोजना हुने भएको छ। अन्तिम सोमबारको पावन अवसरमा भोलि (साउन २६) गते पर्ने भालेश्वर महादेव मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम हुने भएको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडले महादेवको महिमा झल्काउने उद्देश्यले भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको छ। भोलि दिनैभर मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ। साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन हार्दिक आमन्त्रण गरिएको चन्द्रागिरि हिल्सले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























