देश/प्रदेश

कुरिलोको मूल्य बढ्यो

Banner

काठमाडौँ, साउन २५-

बजारमा कुरिलोको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार एक साताअघिको तुलनामा प्रतिकिलो ५० रूपैयाँले महँगो हो।

आज आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
गत आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य दुई सय ५० देखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो।

कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।

विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ। कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>