देश/प्रदेश

करेन्ट लागेर २४ वर्षीया युवकको मृत्यु

Banner

काठमाडौँ, साउन २४-

करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा करेन्ट तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार स्थानीय हिलेटोल हाइटस्थित फाइबर वल्र्ड कम्युनिकेशन प्रालिमा काम गर्ने क्रममा शुक्रबार उनलाई करेन्ट लागेको थियो।

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल वसुन्धारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>