देश/प्रदेश

बसको ठक्करबाट मृत्यु

Banner

राजविराज (सप्तरी), साउन २४-

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

चौधरी आफ्नो धानखेततर्फ जाँदै थिए । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँनदी चोकमा सडक अवरुद्ध गरेका छन् । अवरोधका कारण सयौँ सवारीसाधन सडकमा थन्किएका छन् र हजारौँ यात्रुबीच बाटोमै अलपत्र परेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>