देश/प्रदेश
धादिङका चार जना आए सम्पर्कमा
०

धादिङ, साउन २३-
धादिङका चार जना परिवारको सम्पर्कमा आएका छन्। धादिङको ज्वालामुखी गाउँपालिक(२ काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ परिवारको सम्पर्कमा आएका हुन् ।
परिवारले चारै जना सम्पर्कमा आएको भन्ने जानकारी दिएको वडा सदस्य धनबहादुर तामाङले जानकारी दिए ।
सोही वडामा रहेको प्रहरी चौकी मैदीले पनि सम्पर्कविहीन भएकाहरू परिवारको सम्पर्कमा आएको पुष्टी गरेको छ।
प्रहरी चौकीका इन्चार्ज सई उपेन्द्र यादवका अनुसार नेटवर्कको समस्याका कारण बाढी गएको दिनदेखि उनीहरूले परिवारसँग सम्पर्क गर्न नसके पनि पछि त्यहाँबाट नजिकैको सेनाको ब्यारेकमा पुगेपछि मात्रै उनीहरु सम्पर्कमा आएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























