देश/प्रदेश
महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
०

दोधारा चाँदनी (कञ्चनपुर), साउन २३ –
महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























