देश/प्रदेश
भित्री वस्त्रमा कोकिन लुकाएर ल्याएकी ब्राजिलियन महिला पक्राउ
०

काठमाडौं, साउन २३-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन महिला पक्राउ परेकी छन्। ब्राजिलबाट दोहा हुँदै हिजो (बुधबार) नेपाल आएकी २१ वर्षीय इमिली मिकाइली सन्तोष फेरेइरालाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।
भित्री वस्त्रमा कोकिन लुकाएर नेपाल आएको अवस्थामा उनलाई पक्राउ परेकी हुन् । उनीमाथि शंका लागेर विमानस्थलको प्रस्थान कक्षमा प्रहरीले रोकेको थियो। उनले लगाएको भित्री वस्त्र (ब्रा) भित्र लागुऔषध कोकिन भेटिएको एसपी जीवन निरौलाले बताए।
तरल अवस्थाको एक किलो ९५० ग्राम कोकिन बरामद भएको हो। कन्डम र पानीको बोतलभित्र तरल अवस्थामा रहेको कोकिनलाई प्रहरीले बरामद गरेको हो। उनी नेपाल आएर पनि भुटान जाने तयारीमा थिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























