अन्तर्राष्ट्रिय
भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैनः ट्रम्प
०

काठमाडौँ, साउन २३-
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार मामिला समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना नभएको बताएका छन्।
भारतविरुद्ध ५० प्रतिशत भन्सार घोषणापछि ऊसँग व्यापार वार्ताको कुनै सम्भावना छ भनेर ह्वाइट हाउसका एक पत्रकारले सोध्दा ट्रम्पले भने, ‘छैन, हामीले यसलाई समाधान नगरेसम्म छैन।’
ट्रम्पको यो अभिव्यक्ति बिहीबार रुससँग व्यापार गरे भारतमा थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि आएको हो।
अमेरिकाले हाल भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























