अन्तर्राष्ट्रिय
भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड डलर दिने

काठमाडौं, साउन २३-
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई ५ करोड डलर पुरस्कार दिने भएको छ । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २५ मिलियन डलरको पुरस्कार अब दोब्बर गरिएको बताए ।
अमेरिकाले यसअघि मादुरोलाई पक्राउ गर्न जानकारी दिनेलाई २५ मिलियन डलर पुरस्कार दिने घोषणा गरेको थियो । अहिले पुरस्कार दोब्बर पारिएको हो । अमेरिकी प्रशासनले मादुरोलाई विश्वको सबैभन्दा ठूलो लागूपदार्थ तस्करहरू मध्ये एक भएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचना गर्दै आएका छन् ।
जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किएका थिए, जसलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो । भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई अर्थहीन भनेको बीबीसीले जनाएको छ । उनले पुरस्कारलाई राजनीतिक प्रचार भनेका छन् ।

























