देश/प्रदेश
वर्षाले बैतडीको एक घरमा क्षति
०

दशरथचन्द (बैतडी), साउन २३ –
लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका-३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको हो ।
अविरल वर्षाका कारण आज बिहान पानी घरभित्र पसेर पूर्ण रूपमा क्षति भएको अस्थायी प्रहरी पोष्ट सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण घरभत्किएपछि भट्टको परिवारलाई आफन्तकोमा बसिरहेका छन् ।
घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर भत्किएपछि आफूहरूलाई बसोबासका लागि समस्या भएको भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न भट्टले सरोकार भएका निकायसँग आग्रह गर्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























