देश/प्रदेश
पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध
०

ढोरपाटन (बागलुङ), साउन २३ –
यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरिक्षक थापाले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























