समाचार
लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
०

काठमाडौँ,साउन २२-
लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ । एक महिने साङ्गीतिक यात्राको लागि बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको स्वास्थ्यमा समस्या आएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी त्रिभुवन विमानस्थलबाटै केएमसी अस्पताल भर्ना भएका गायक मोहन खड्काले जानकारी दिए । खड्काका अनुसार सेन्चुरीको पेटमा समस्या आएको छ ।
अस्पतालमा रहेका खड्काले भने,गायक खेम सेन्चुरी आजै क्यानडा जाँदै हुनुहुन्थ्यो । बोर्डिङ पास भइसकेपछि समस्या भएको हो । किड्नीमा स्टोन खस्दाखेरी पीडा हुने रहेछ, त्यही भएको हो । मेडिसिन चलाउने कि अप्रेसन गर्ने भन्नेबारे भोलि थाहा हुन्छ । क्यानडामा सबैभन्दा ठुलो हिमालयन मेलामा सहभागी हुन गायक सेन्चुरी त्यसतर्फ जान लागेका थिए । उक्त कार्यक्रम यही अगष्ट ९ तारिखमा हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























