समाचार

शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित

Banner

काठमाडौं, साउन २२-

शिक्षा विधेयकमा विवादित सबै विषयको टुंगो नलगाई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक सकिएको छ । अर्को बैठकको मिति तोकिएको छैन ।

बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । जसमा बढुवा, कार्यसम्पादन मूल्यांकनसहितका विषयमा सहमति जुटाएर समावेश गरिएको छ ।

समितिले हालसम्म भएका सहमतिलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिको सचिवालयलाई दिएको छ । प्रतिवेदन पेस भएपछि थप छलफल गरिने समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>