Breaking News

रविलाई थुनाबाहिरै रहेर मुद्दा फेस गर्न दिइनुपर्छः बाबुराम

Banner

काठमाडौँ, साउन २२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनाबाहिर राख्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग गरेका छन्।

आज बिहीबार रुपन्देही जिल्ला कारागार (भैरहवा) पुगेर लामिछानेसँग भेटेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो माग गरेका हुन् ।

‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो उनले भने, तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’

‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ। हामी त पञ्चायतकालमा, पढ्ने गर्थ्यौं। मैले प्रहरीलाई सोधेँ, खै त्यस्तो आदेश छैन भन्नुभयो। कमसेकम सूचनाबाट वञ्चित गर्नचाहिँ हुँदैनथ्यो’, उनले भने, ‘बस्ने ठाउँ पनि साँघुरो रहेछ। जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ, यसबारे म सम्बन्धित ठाउँमा भनौँला।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>