देश/प्रदेश

केटा साथीको घर गएकी किशोरीको मृत्यु

Banner

काठमाडौँ, साउन २२-

ललितपुरमा एक जना किशोरीको मृत्यु भएको छ। ललितपुरको इमाडोलमा महालक्ष्मी नगरपालिका(३ बोझेपोखरी बस्ने १८ वर्षीया किशोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार हिजो किशोरी बुधबार दिउँसो १२ बजेतिर आफ्ना प्रेमी बोझेपोखरीमा बस्ने १८ वर्षीय किशोरको घर गएका थिए। उनीहरू सामाजिक सञ्जालमार्फत चिनजान भई केही महिनायता प्रेम सम्बन्धमा रहेको प्रहरीले बताएको छ। किशोरी पहिलो पटक प्रेमीको घर पुगेकी थिइन्। दुई जना कोठामा बसिरहँदा किशोरी दिउँसो २ बजेतिर अचानक बेहोस भएकी थिइन्। किशोरीलाई उपचारको लागि ग्वार्कोस्थित किष्ट अस्पतालमा पुर्‍याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका हुन्।

अहिले किशोर प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा छन्। उनीमाथि घटनाबारे सोधपुछ भइरहेको छ। शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>