अन्तर्राष्ट्रिय
घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु
०

काठमाडौं, साउन २२-
घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए । स्थानीय समयअनुसार राजधानी आक्राबाट ०९ः१२ बजे उडेको थियो । अधिकारीहरूले दुर्घटनाको कारण पुष्टि गरेका छैनन् । कर्मचारी प्रमुखले देशको झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।
यो पछिल्लो समय घानामा भएको ठूलो दुर्घटना हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























