समाचार

लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटना

Banner

स्याङ्जा,साउन २१-

लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ । कार्यक्रमका लागि स्याङ्जा पुग्नुभएको शर्मा सवार कार स्याङ्जाको भीरकोट नगरपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो । प्रहरीका अनुसार शर्मासहित कारमा चार जना रहेका थिए । शर्माको हातमा चोट लागेको छ । अन्य यात्रु पनि सामान्य घाइते हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>