देश/प्रदेश

सहरमा बस्नेलाई शिविरमार्फत सेवा

Banner

काभ्रेपलाञ्चोक, साउनः२१ –

तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौँ उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ । गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो ।

एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको सो गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले बताउनुभयो । हाँले जहाँ गाउँपालिकाका नागरिक बस्छन् त्यही सेवा उपलब्ध गराउने बताउनुभयो ।

गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । काठमाडौँको कुमारीगाल शिविरबाट ६२, जोरपाटीबाट ८५, कपनबाट ५८, स्वयम्भूबाट ७१ र कोटेश्वरबाट एक सय ५२, भक्तपुरको सूर्यविनायकबाट ९८ र काभ्रेपलाञ्चोकको बनेपामा ६५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका उहाँले जानकारी दिनुभयो ।

उपत्यकालगायतका सहरमा बस्ने यहाँका नागरिक अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका सो गाउँपालिकाले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>