समाचार

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

Banner

काठमाडौं, साउन २१-

केही नेपाल ऐन संशोधन भएपछि उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुने अवस्थाको अन्त्य भएको छ । एक पटकलाई जन्मदर्ता सच्याउन पाउने भएपछि अब कलिलै उमेर रहेका तर कक्षा १० मा पढिरहेका विद्यार्थीले आफ्नो जन्म २०६८ चैत वा सोभन्दा अघि नै रहेको भनी जन्मदर्ता बनाउन पाउने छन् ।

गत जेठमा कक्षा १० को रजिस्ट्रेसन फाराम भराउँदा कलिलै उमेरमा कक्षा १० मा पुगेको थुप्रै विद्यार्थी भेटेपछि राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष नपुगेका विद्यार्थीले आफ्नो जन्ममिति २०६८ चैत मसान्त उल्लेख गरेर भर्न पाउने सुविधा दिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले केही नेपाल ऐन संशोधन भएपछि उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुने अवस्थामा पुगेका विद्यार्थीलाई राहत भएको बताए । तर यस्ता विद्यार्थी मुलुकभर कति रहेका छन् भन्ने विषयमा भने यकिन तथ्याङ्क नभएको उनले बताए। गोरखापत्रमा खबर छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>