समाचार
तनहुँको भानुका तीन किशोरी बेपत्ता
०

दमौली, साउन २०-
तनहुँको भानु नगरपालिकाबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुने तीनै जना भानु नगरपालिका–२ भकुन्थोक निवासी रहेका छन् ।
बेपत्ता हुनेमा १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार रहेका छन् । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका हुन् ।
सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजीका लागि निवेदन दिएका छन् । उनीहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । उनीहरूको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























